पूर्वाधार विकास मन्त्रालयको बजेट खारेज गरेर १ रुपैयाँ कायम गरियाेस् : सांसद शर्मा
shilapatra.com · Tue Jun 16 08:57:00 GMT 2026

सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा खास कार्यक्रम र नयाँ रणनीतिक योजना समेट्न नसकेको भन्दै सांसदहरूले आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसद बलावती शर्माले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नै खारेज गरेर १ रुपैयाँ कायम गर्न माग गरिन् ।
उनले भनिन्, ‘बजेटको मोटो किताब छ । धेरै पढे, पाना पल्टाए, धेरै खोज । तर, भौतिक पूर्वाधारको रणनीतिक र राष्ट्र निर्माण गर्ने खाका देख्न सकिन । जेन–जी आन्दोलनको बलमा खडा भएको यो सरकारले देशको पूर्वाधारको क्षेत्रमा ढिलो भएको विकासले अब गति लिनेछ भन्ने आशा पनि थियो । तर, यो किताबमा सरकार जंगलमा बाटो विराएर हराएको यात्री जस्तो बनेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)