बाढीमा परी ज्यान गुमाएकामध्ये एक हजार ३५७ जनाको शव फेला, पाँच हजार बढी अझै बेपत्ता
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ३ सय ५७ जनाको शव फेला परेको छ। रसुवालाई केन्द्रबिन्दु बनाएर आएको बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो।
२०८३ भदौ २३ गते अपरान्ह १ः०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको छ। प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भई मृत्यु भएकाहरूको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ। चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ भने अन्य प्रभावित जिल्लाहरूमा पनि खोजी कार्य जारी छ। नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ। सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डीएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)