मुद्रास्फीति दबाबबीच जापानको ब्याजदर ३१ वर्षयताकै उच्च
aarthiknews.com

काठमाडौं । मध्यपूर्व युद्धपछि बढेको मुद्रास्फीति, ऊर्जा आयातको महँगी र कमजोर येनमाथिको दबाबबीच जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्याएको छ।
बीओजेले मंगलबार आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार बिन्दुले बढाएर १ प्रतिशत कायम गरेको हो। यो सन् १९९५ यताकै उच्च स्तर तथा डिसेम्बरयताको पहिलो ब्याजदर वृद्धि हो। जापानले मुद्रास्फीति नियन्त्रण र राष्ट्रिय मुद्रा येनलाई स्थिर बनाउने उद्देश्यले मौद्रिक नीति थप कडा बनाएको विश्लेषण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)