वेष्टर्न क्रिकेट क्लबले जित्याे रूपन्देही सुपरलिगको उपाधि
shilapatra.com · Sat May 23 12:51:00 GMT 2026
‘पञ्चकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेकाे छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो ।
गत सिजनको सुपर लिग पनि वेष्टर्नले नै जितेको थियो । उपाधि विजेता वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)