‘दुई दिनसम्म बगर र जङ्गलमा आमा र बहिनीलाई खोजिरहेँ’
ratopati.com · Fri Aug 28 10:28:09 GMT 2026

काठमाडौँ । नुवाकोटको बेत्रावती क्षेत्रमा पहाड खसेर आएको भीषण बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ । विदुर नगरपालिका– १० बेत्रावतीका कुशल श्रेष्ठले पूर्वसूचना आए पनि यति भयानक बाढीको कल्पना नगरिएकाले स्थानीयवासीले क्षणभरमै सर्वस्व गुमाउनुपरेको बताए ।
हाल ट्रमा सेन्टरमा उपचाररत श्रेष्ठले बाढीले बस्तीका घर र अग्ला भवनहरू समेत नामोनिसान नहुने गरी बगाएको बताए । श्रेष्ठका अनुसार बाढीपछि बेत्रावती क्षेत्रको बगरभरि क्षतविक्षत शवहरू, सवारी साधनका भग्नावशेष र मानव अङ्गहरू मात्र देखिने हृदयविदारक दृश्य बनेको छ । श्रेष्ठको खुट्टामा चोट लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)