भारतबाट नेपाल ल्याइ लागुऔषध बिक्री गर्ने तीनजना पक्राउ
annapurnapost.com · Tue Sep 08 08:37:14 GMT 2026

काठमाडौं : झापाबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागुऔषध खैरो हेरोइन खरिद गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय गोविन्द श्रेष्ठ,बिर्तामोड नगरपालिका–११ का ३० वर्षीय कृष्णबहादुर प्रधान र कनकाई नगरपालिका–४ का ३२ वर्षीय रोशन चौधरी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)