एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार रुपैयाँ बाढीपीडितका लागि
nepalviews.com · Tue Sep 08 08:44:36 GMT 2026
काठमाडौं । केडिया ग्रुपको आयोजनामा भइरहेको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
नेपाल भलिबल लिग सुरु हुनुअघि आयोजकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)