नयाँ अध्यागमन कानुनमा १७ प्रकारका भिसा
nepalnews.com · Fri Jun 05 11:15:15 GMT 2026

सरकारले १७ प्रकारका भिसा (प्रवेशाज्ञा) दिनेगरी अध्यागमन कानुन संशोधनको तयारी गरेको छ। प्रचलित अध्यागमन ऐन, २०४९ अन्तर्गत बनेको अध्यागमन नियमावली, २०५१ मा नौ वटा भिसा दिने व्यवस्था रहेकोमा परिमार्जनसहित १७ प्रकारका भिसा दिनेगरी विधेयकको मस्यौदा गरिएको छ।
गृह मन्त्रालयले तयार गरेको ‘अध्यागमनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामा नेपाल आउनेहरूसँग लिइँदै आएको भिसा शुल्क र जरिवाना परिमार्जन, ‘ई–गेट’को परिकल्पनासहित थुप्रै परिवर्तन प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)