गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन
nepalviews.com · Tue Sep 08 08:45:25 GMT 2026

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का वासीहरूले जनकपु-ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरूलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् ।
गुठी संस्थानले राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ । सोअन्तर्गत एक चरणको पोखरी तथा पोखरीको डिल खाली गर्ने कार्य भइसकेको छ भने गत १९ गत्ते गुठी संस्थानले पुनः १४ स्थानका अतिक्रमित जग्गा खाली गर्न सूचना निकालेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१४ स्थित लब्कि पोखरी वरीपरि बसोबास गरीरहेका स्थानियहरूले गुठी संस्थानमाथि जबरजस्ती बिना प्रमाण आफूहरूलाई जग्गा खाली गर्न सूचना टाँसोको गुनासो गरेका छन् । ७०–८० वर्षदेखि आफूहरू सो स्थानमा बसोबास गर्दै आएकोले अब आएर जबरजस्ती खाली गर्न सूचना निकालेकोप्रति उनीहरूले विरोध जनााएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)