जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
gorkhapatraonline.com · Tue Sep 08 09:10:52 GMT 2026

सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने र वैदेशिक रोजगारभन्दा आन्तरिक रोजगारमा आत्मनिर्भर हुने युवा पुस्ता आकांक्षा बढ्दो छ । युवा अपेक्षाको जिम्मेवारीमा रहेको युवा, श्रम तथा रोजगार मन्त्रालयले एक वर्षमा के कति उद्देश्य हासिल गर्न सक्यो ? समीक्षा गर्ने बेला आएको छ ।
मन्त्रालयका एक वर्षे अवधिका महत्वपूर्ण कार्य सम्पादनको मूल्याङ्कन गर्दा मुख्य तीन विषयमा केन्द्रीत हुन सकिन्छ । आन्तरिक रोजगार सिर्जना गर्ने, नीतिगत एवं कानुनी सुधारमा जोड दिने र अर्को तथा अन्तिम हो सेवा प्रवाहलाई डिजीटाइजेसन गर्ने । एक वर्षमा यस मन्त्रालयमा दुई मन्त्री फेरिए । वि.सं.२०८२ चैत १३ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रिण्डलअन्तर्गत श्रम मन्त्रालयमा दीपक साह मन्त्री बन्नुभएको थियो । उहाँको कार्य अवधि करिब एक महिना पुग्दानपुग्दै रामजी यादव मन्त्री हुनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)