लामिनारको नयाँ एम्पोरियो सोरुम इटहरीमा सञ्चालन
bishowkhabar.com · Tue Sep 08 09:15:19 GMT 2026

काठमाडौं– भिट्रिफाइड टायल ब्रान्ड लामिनारले इटहरीको हलगडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालनमा ल्याएको छ । कलर हाउस एन्ड सेनेटरीसँगको सहकार्यमा स्थापना गरिएको सोरुमको शुक्रबार उद्घाटन गरिएको हो ।
लुम्बिनी सेरामिक्सअन्तर्गत उत्पादित लामिनार टाइल्स बर्दियास्थित कारखानाबाट उत्पादन हुँदै आएका छन् । कम्पनीका अनुसार लामिनारका टाइल्स पूर्ण भिट्रिफाइड टाइल्स तथा फुल्ली भिट्रिफाइड श्रेणीका हुन् । कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्स घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक स्थलमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)