पहिरोमा परेर छात्र पुनको मृत्यु
nepalnews.com · Tue Sep 08 09:18:03 GMT 2026

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।
पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)