एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित
ratopati.com · Tue Sep 08 09:19:44 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । मंगलबार हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर १ बलमा २ सय ४६ रनमा अलआउट भयो ।
नेपालका इसान पाण्डेले १०६ बलमा ९० र आशिफ शेखले ५० बलमा ४४ रन बनाए । हङकङका एजाज खानले ४, यासिम मुर्तजाले २, अतीकुल इकबाल र किञ्चित देवाङ शाहले समान १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)