सेनापतिद्वारा बेपत्ताका परिवारलाई भरोसायुक्त आश्वासन
janaaastha.com

प्रधान सेनापति अशोकराज सिग्देलले भोटेकोशी र त्रिशुलीमा आएको बाढीरुपी महाविपत्तिमा परेका सैनिक परिवारलाई उनीहरुको दुःख र पीडामा नेपाली सेना साथमा रहेको बताएका छन् । हिजो सकल दर्जाका सैनिकलाई सम्बोधन गर्ने क्रममा उनले कर्तव्यपालनको सिलसिलामा आफ्नो जिम्मेवारी क्षेत्रमा खटिँदा सम्पर्कविहीन भएका सकलदर्जा,अवकाशप्राप्त सैनिक तथा आश्रित सैनिक परिवारका सदस्यहरु साथै उक्त पीडाबाट मर्माहत भएका परिवारजनको अनिश्चितता र चिन्तालाई आफूलगायत सेनाले महशुस गरेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)