हङकङसँग १५ रनले हार्यो नेपाल
kendrabindu.com · Tue Sep 08 09:24:15 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा समेटियो ।
नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए। उनले उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)