रसुवा बाढी: अमेरिकाद्वारा ५ लाख डलर राहत सहायता घोषणा, विपद् व्यवस्थापन सल्लाहकार परिचालन
barnanmedia.com · Fri Aug 28 10:30:06 GMT 2026

नेपालमा गएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति संयुक्त राज्य अमेरिकाले गहिरो दुःख र समवेदना व्यक्त गर्दै तत्काल ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त रकम क्याथोलिक रिलिफ सर्भिसमार्फत बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सहायताका लागि प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)