अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पुटिनले ट्रम्पलाई जिताउन सहयाेग गरे: गुप्तचर विभाग
nepallive.com · Wed Mar 17 18:00:00 GMT 2021
काठमाडाैं- रुसले गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित गरी राष्ट्रपति जो वाइडेनका विरुद्ध जनमत सिर्जना गर्न खोजेको खुलासा भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प लाई जिताउन रुसले सहयोग गरेको अमेरिकी गुप्तचर विभागबाट मंगलबार सार्वजनिक प्रतिवेदनले खुलासा भएकाे हाे।
इरानले निर्वाचन परिणामलाई प्रभाव पार्न व्यापक प्रयास गरेको गुप्तचरको रिपोर्टमा बताइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘इरानले मतदानमा विश्वास कम गर्न खोज्यो र ट्रम्पलाई पुनः राष्ट्रपति बन्न नदिन कोसिस गरेको देखिएको छ। यता पुटिनले ट्रम्पलाई सहयाेग गरेकाे खुलेकाे छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)