ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
nagariknews.nagariknetwork.com · Tue Sep 08 09:25:37 GMT 2026

ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङ्कास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)