२४ वर्षअघिको त्यो विश्वकप : सेनेगलसँग हारेको थियो फ्रान्स
himalpress.com · Tue Jun 16 10:33:38 GMT 2026
काठमाडौँ- फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघि को त्यो भिडन्त सम्झनै पर्ने हुन्छ। जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले १–० को नतिजामा स्तब्ध पारेको थियो। यी दुई मंगलबार मध्यराति नेपाली समयअनुसार १२ः४५ बजे समूह ‘आइ’को पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्।
स्पेनसँगै यसपाली उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको फ्रान्स आफ्नो मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पलाई राम्रो फेरवेल दिन चाहन्छ। डेस्च्याम्प अर्थात खेलाडी र मुख्य प्रशिक्षक दुबै भूमिकामा विश्वकप चुम्ने एक मात्र जीवित व्यक्ति। डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्व कप्तान जिनेदिन जिदानलाई छड्दैछन्। त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालिन महान प्रशिक्षक बन्ने अवसर हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)