हानि नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन वैज्ञानिक प्रमाणसहित दाबी गर्नुपर्छ : पूर्वसचिव जोशी
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव डा. गणेशराज जोशीले नेपालले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिबापत हानी नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन वैज्ञानिक प्रमाणसहित दाबी प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रसुवा बाढी प्राकृतिक प्रकोप मात्र नभई विश्वव्यापी तापमान वृद्धिका कारण सिर्जित विपद् हो भनी वैज्ञानिक तथ्य र तथ्यांक प्रस्तुत गर्नुपर्ने बताए। उक्त बाढी विश्वव्यापी जलवायु परिवर्तनको कारण भएको पुष्टि गर्न वैज्ञानिक अध्ययन, तथ्यांक र प्रमाण आवश्यक रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)