जनमत पार्टीद्वारा दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
rajdhanidaily.com · Tue Sep 08 09:52:14 GMT 2026

जनकपुरधाम । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया भदौ अन्तिम साताबाट सुरु भई असोज ११ गतेसम्म सञ्चालन हुनेछ।
मनोनयनपत्र दर्तादेखि मतगणना तथा परिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक गरिएको हो। कार्यतालिकाअनुसार भदौ २१ गते सोमबार सम्पूर्ण वडा, पालिका तथा जिल्ला अधिवेशनको विवरण अद्यावधिक गरिनेछ। सोही दिन पार्टीका सम्पूर्ण केन्द्रीय तथा प्रदेश निकाय, विभाग र मोर्चाका केन्द्रीय तथा प्रदेश समितिको विवरणसमेत अद्यावधिक गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)