गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्, इतिहास फेर्न नलाग्नुस्
ratopati.com · Tue Sep 08 10:00:04 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । मंगलबार जेनजी सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल र नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका हुन् ।
साथै उनले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान गर्नुजस्तै रहेको बताए । आफूलाई चिल्ला भाषण गर्न नआउने भन्दै मन्त्री गुरुङले भने, ‘अझै पनि पुराना दलका साथीहरूले विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ र भन्न चाहन्छु त्यो दिन इतिहास कसैले फेरेर फेरिँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)