स्वास्थ्य र जलवायुमा जर्मनीले नेपाललाई १ अर्ब २९ करोडभन्दा बढी सहयोग गर्ने
swasthyakhabar.com · Tue Sep 08 10:02:10 GMT 2026

काठमाडौं- रसुवा हुँदै त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपछि जर्मनीले नेपालमा स्वास्थ्य, स्वच्छ ऊर्जा र जलवायु अनुकूलनका क्षेत्रमा ७३ लाख ५० हजार युरो (अर्थात् १ अर्ब २९ करोडभन्दा बढी रुपैयाँ) सहयोग गर्ने भएको छ।
जर्मनीले तत्कालीन राहतसँगै विपद्पछि प्रभावित समुदायको पुनर्निर्माण र भविष्यमा यस्ता विपद्सँग जुध्न सक्ने क्षमता विकासलाई प्राथमिकता दिएको हो। अगस्ट २६ को बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा घर, सडक, पुल, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)