काभा महिला भलिबल: कीर्गिस्तानमाथि नेपालको जित
canadanepal.com · Sat May 23 15:28:06 GMT 2026
काठमाडौँ - राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्रवार भएको पहिलो खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)