भोटेकोशीमा बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
barnanmedia.com · Tue Sep 08 10:07:44 GMT 2026

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पस्नुभयो । एक्कासी ठूलोठूलो आवाज उहाँको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेर्नुभएको थियो उहाँको होस हवास नै उड्यो । उहाँले जीवनमा कहिल्यै नदेखेको दृश्य देख्नुभयो । भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो । त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो ।
“भोटेकोशीमा बाढी यति धेरै आएको थियो की पाँच दश-मिनेट मैले केही सोच्नै सकिन”, वीरबहादुरले रासससँग भन्नुभयो, “एकछिनपछि त झल्यास्स सम्भिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ।” उहाँले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका-१० भैँसेलाई सम्झिनुभयो । अनी भैँसेस्थित घरमा रहनुभएकी श्रीमती गङ्गालाई फोन गर्नुभयो । “श्रीमतीको फोन मरिकाटे उठ्दैन”, उहाँले सम्झदै भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)