गोरखामा ८१ जनामा डेङ्गु सङ्क्रमण
gorkhapatraonline.com · Tue Sep 08 10:15:30 GMT 2026

गोरखा, भदौ २३ गते । गोरखामा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । साउन महिनाको एक गतेदेखि भदौ २३ गतेसम्म एक महिना तीन हप्ताको अवधिमा जिल्लामा ८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा एक महिना ३ हप्ताको अवधिमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत सीता कोइरालाले भन्नुभयो, “डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गोरखा नगरपालिकामा ४१ जना, आरुघाट गाउँपालिकामा २२ जना, भिमसेन थापा गाउँपालिकामा ५ जना, अजिरकोट गाउँपालिकामा ४ जना, पालुङटार नगरपालिकमामा ४ जना, धार्चे गाउँपालिकामा २ जना, शहिद लखन गाउँपालिकामा २ जना र बारपाक सुलिकोट गाउँपालिकामा एक जना गरी ८१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)