बाढीले भत्कायो चीनसँगको व्यापारिक ‘कनेक्टिभिटी’, भारतमाथिको निर्भरता घटाउने नेपालको योजनामा धक्का
aarthiknews.com

काठमाडौँ। भोटेकोशी बाढीले रसुवागढी–केरुङ नाका ध्वस्त बनाएपछि चीनसँगको व्यापार विस्तारमार्फत भारतमाथिको निर्भरता घटाउने नेपालको प्रयासमा ठूलो धक्का पुगेको छ। मुख्य उत्तरी व्यापारिक नाका लामो समय अवरुद्ध हुने अवस्था आएपछि नेपालले चीनतर्फको व्यापारिक सम्पर्कलाई भरपर्दो बनाउन थप ठूलो लगानी गर्नुपर्ने देखिएको छ।
जापानको निक्केई एसियाले मंगलबार प्रकाशित गरेको रिपोर्टमा बाढीले नेपाल–चीन व्यापारको प्रमुख उत्तरी प्रवेशद्वारमा ठूलो क्षति पुर्याएपछि चीनसँगको भरपर्दो व्यापारिक मार्ग विकास गर्ने नेपालको दशक लामो प्रयास प्रभावित भएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)