नेपाल–चीन सम्बन्धको पूर्वाधार र परिभाषा
nepalviews.com · Tue Sep 08 10:37:00 GMT 2026

भोजराज पौडेल
भदौ १० गते गएको रसुवागढी बाढीले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको छ । असल छिमेकीबीचको सम्बन्धको पूर्वाधार के हो र कस्तो परिभाषामा बाँधिनुपर्छ भन्ने नयाँ बहश सुरु भएको छ । नेपालको उत्तरी छिमेकी चीनसँगको सिमा व्यापार, लगानी तथा पर्यटन प्रर्वद्धनसँग जोडेर चर्चामा रहेका ठूला तथा साना सबै पूर्वाधार निर्माणलाई पर धकेलेको छ । त्यस्ता पूर्वाधार निर्माण नै गर्ने कि नगर्ने भन्ने पहिलो प्रश्न छ भने निर्माण गरेता पनि ती कति सुरक्षित हुन्छन् र दिगो रूपमा सञ्चालनमा रहन सक्छन् भन्ने अर्को प्रश्न छ । चीनका राष्ट्रपति सि चीनफिङले सन् २०१३ मा अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परिकल्पना गरिएका दुई देश जोड्ने सडक तथा रेल पूर्वाधार निर्माण र तिनको भविष्यमा पनि प्रश्न चिह्न खडा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)