‘७० वर्षदेखि बसेका छौँ, उठीबास स्वीकार्य छैन’ भन्दै गुठीविरुद्ध जनकपुरमा सडक जाम
kalakarmi.com · Tue Sep 08 10:49:04 GMT 2026

जनकपुर- जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै आज मंगलवार आज मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् ।
गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ । सो अन्तर्गत एक चरणको पोखरी तथा पोखरीको डिल खाली गर्ने कार्य भइसकेको छ भने गत १९ गत्ते गुठी संस्थानले पुनः १४ स्थानका अतिक्रमित जग्गा खाली गर्न सूचना निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)