जेनजी आन्दोलनको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सुशासन निगरानी समूहको माग
clickmandu.com · Tue Sep 08 11:02:40 GMT 2026

काठमाडौं । नेपाल सुशासन निगरानी समूहले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित विभिन्न छानबिन प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । २०८२ भदौ २३ र २४ गते भएको उक्त आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा समूहले एक विज्ञप्ति जारी गर्दै राज्यको दमन र त्यसक्रममा भएका हिंसात्मक घटनाहरूको सत्य-तथ्य बाहिर ल्याउन आग्रह गरेको हो ।
भदौ २३ गते राज्यको तर्फबाट भएको दमनमा १९ जना र दुवै दिनको घटनामा गरी कुल ७६ जना नेपाली नागरिकले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा अधिकांश जेन-जी पुस्ताका विद्यार्थी र केही नाबालक समेत रहेका थिए। सरकारी तथ्यांक उल्लेख गर्दै समूहले उक्त आन्दोलनका क्रममा मुलुकको करिब ८५ अर्ब बराबरको भौतिक सम्पत्ति क्षति भएको र पुनःनिर्माणका लागि थप ३६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)