इरानद्वारा अमेरिका-इजरायललाई चेतावनी
gorkhapatraonline.com · Fri Aug 28 10:41:54 GMT 2026

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताउनुभएको छ ।
इरानी समाचार संस्था आइआरआइबीका अनुसार अल-मनारसँगको अन्तर्वार्तामा रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘नरकमा पठाउने’ चेतावनी दिनुभयो । उहाँले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराको हत्या गर्ने इरानी षड्यन्त्रसम्बन्धी गलत सूचना फैलाएर ट्रम्पको निर्णय प्रक्रियामा प्रभाव पारेको आरोपसमेत लगाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)