कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन
nepallive.com · Tue Sep 08 11:27:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति परिवर्तन नगरी विभिन्न तहका अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ। कांग्रेस निर्वाचन समितिको आज बसेको बैठकले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पहिलो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षति तथा त्यसबाट देशभर परेको प्रभावलाई ध्यानमा राख्दै विभिन्न जिल्ला तथा क्षेत्रबाट प्राप्त सुझावमाथि छलफल गरेपछि समितिले पूर्वनिर्धारित महाधिवेशन तालिकालाई निरन्तरता दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)