इटहरीकाे हलगाडामा लामिनारको नयाँ सोरुम
baahrakhari.com · Tue Sep 08 11:37:10 GMT 2026

काठमाडौं । नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्रान्ड लामिनारले इटहरीको हलगाडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एन्ड सेनेटरीसँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो ।
बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन् । निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटेल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)