एनभीएल : मधेसको पहिलो जित, खप्तडको लगातार तीन खेलमा हार
ratopati.com · Tue Sep 08 11:41:36 GMT 2026
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल)मा मंगलबार मधेस वारियर्सले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पहिलो खेलमा मधेसले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो । मधेस २५–२१, २५–२० र २५–२३ को सेटमा विजयी भयो।
यो खेल जितेसँगै मधेस ४ खेलमा तीन अङ्कसहित चौथो स्थानमा उक्लिएको छ । पराजित खप्तड लगातार तीन हारसहित तालिकाको पुछारमा यथावत् छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)