कांग्रेस १५औं महाधिवेशन : वडा अधिवेशन असोज ३ देखि सुरु हुने
nepalnews.com · Tue Sep 08 11:43:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ। कांग्रेसले यसअघि भदौ २४ गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलिएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज ३ र ४ गते गर्न लागिएको जानकारी दिए। उक्त दिन देशभरका छ हजार ७४३ वडामा अधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)