पोखरी अतिक्रमण हटाउने नाममा जबर्जस्ती उठीबास लगाउन खोजेको भन्दै स्थानीय आन्दोलित
ratopati.com · Tue Sep 08 11:50:02 GMT 2026

जनकपुरधाम । राजगुठी अन्तर्गतका पोखरी र पोखरी डिलमा बनाइएका संरचना हटाउन सूचना जारी भएसँगै जनकपुर वडा नम्बर १४, रजौलस्थित लब्की पोखरी वरिपरिका स्थानीय आन्दोलित बनेका छन् ।
उनीहरूले जग्गा किनेर घर बनाएको, त्यसको कर तिर्ने गरेको, बिजुली तथा पानीको बिल लगायतका सबै सरकारी कागजात हुँदाहुँदै आफूहरूलाई घर खाली गर्न पत्र पठाइएको भन्दै आपत्ति जनाएका छन् । घर खाली गर्न सूचना दिइएसँगै आन्दोलित उनीहरूले आज (मंगलबार) पिडारी चोकमा एक घण्टाभन्दा बढी समय राजमार्ग अवरुद्ध गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)