भारत-बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता
gorkhapatraonline.com · Tue Sep 08 11:46:35 GMT 2026

भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीन दिने अन्तर-सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता थालेका छन् । बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक (सञ्चालन) मोहम्मद नजमुल इस्लामले यात्रु रेलसेवा कहिले र कुन-कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो ।
उहाँका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् २०२४ अगस्टदेखि स्थगित छन् । मालवाहक रेलसेवा भने निरन्तर सञ्चालनमा छ । बैठकमा भारतीय रेलवे बोर्डका सदस्य (ट्राफिक) सहितका अधिकारी तथा बङ्गलादेशका उच्च पदस्थ अधिकारी र मन्त्रालयका प्रतिनिधि सहभागी छन् । बैठकमा वित्तीय हिसाब, बक्यौता, सीमापार रेल आवागमन, परिचालन दक्षता, रेलका साधन तथा पूर्वाधार विकासलगायत विषयमा छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)