सप्तरीको १६ वटा स्थानीय तहबाट प्यानकार्ड सहितको सेवा सुरू
gorkhapatraonline.com · Tue Jun 16 12:43:08 GMT 2026

जिल्लाको १६ वटा स्थानीय तहबाट स्थायी लेखा नम्बर (प्यान कार्ड) सहितको सेवा प्रवाह सुरू भएको छ । सरकारले देशभरका करदाता सेवा कार्यालय खारेज गरेर स्थानीय तह मार्फत सेवा उपलब्ध गराउने भएपछि जिल्लाका अधिकांश पालिकाले उक्त सेवा संचालनमा ल्याएको हो ।
जिल्लाको १८ तहमध्ये १६ वटा पालिकासँग सम्झौता भई प्यानकार्ड सेवा शुरू भइसकेको आन्तरिक राजश्व कार्यालय लाहानका कर अधिकृत अमित पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, जिल्लाको १८ वटै पालिका मध्ये राजविराज नगरपालिका र रूपनी गाउँपालिकाको कर्मचारीको तालिम बाँकी रहेकोले सेवा सञ्चालन हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)