बाढीपीडितको लागि एनआरएनए साउदीद्वारा ५ लाख सहयोग
annapurnapost.com · Fri Aug 28 10:44:11 GMT 2026

साउदी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए साउदीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संघमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)