चिलिमेको माथिल्लो भागमा आवश्यक खाद्य सामग्री रहेको जानकारी आयो : सांसद न्यौपाने
baahrakhari.com · Tue Sep 08 12:10:25 GMT 2026

काठमाडौं । २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा मंगलबार पनि उद्धारको प्रयास जारी छ । आयोजनास्थलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ठूलो ब्याट्री बैंकलगायत आवश्यक खाद्य सामग्री रहेको जानकारीमा आएको जनाएका छन् ।
“सुरुङको डिजाइन, संरचना र लेदो मिसिएको पानीको सतहको अवस्थालाई प्राविधिक रूपमा विश्लेषण गर्दा पावरहाउसको माथिल्लो भागमा कम्तीमा २ मिटर र बढीमा ८ मिटरसम्मको खुला सुरक्षित स्थान रहने देखिएको,” उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)