चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा
ratopati.com · Tue Sep 08 12:23:15 GMT 2026

काठमाडौँ। भारतमा चिनीको मूल्य घट्न थालेपनि नेपालमा भने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन्। विराटनगरको सीमावर्ती जोगबनी बजारमा एक सय रुपैयाँ प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो १० रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको बेला विराटनगरमा भने चिनीको मूल्य एक सय २० रुपैयाँ प्रति किलो रहेको छ।
भारत सरकारले शून्य भन्सार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मूल्य घट्न थालेको हो । नेपाल सरकारले भने १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा त्यसमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मूल्य नघटेको आयातकर्ताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)