बाढी प्रभावित क्षेत्रमा एनसेलले सुरु गर्यो निःशुल्क स्याटलाइट इन्टरनेट
kendrabindu.com · Tue Sep 08 12:21:16 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।
एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटमार्फत सञ्चालन हुने उपकरणहरू बाढी प्रभावित क्षेत्रका महत्वपूर्ण स्थानमा जडान गरिरहेको जनाएको छ । सञ्चार सञ्जाल अवरुद्ध भएका अवस्थामा समेत इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले सरकारी निकायसँगको समन्वयमा उपकरण जडान भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)