चीनको व्यापार वृद्धि तीव्र
ratopati.com · Tue Sep 08 12:33:54 GMT 2026

काठमाडाैँ। चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ। विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति लिएको हो ।
भन्सारको सामान्य प्रशासनका अनुसार अगस्टमा चीनको निर्यात २५ प्रतिशतले बढेको छ । जुलाईमा यस्तो वृद्धि २३.९ प्रतिशत थियो । आयात पनि २८.२ प्रतिशतले बढेको छ । यो जुलाईको २७.५ प्रतिशतभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)