भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित
canadanepal.com · Tue Sep 08 12:37:55 GMT 2026

रसुवा - रसुवामा आएको बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका बन्दागोभी किसान चिन्तित बनेका छन्। फसल तयार हुने समय नजिकिँदै गर्दा सडक अभावका कारण उत्पादन बजारसम्म पुर्याउन नसकिने हो कि भन्ने चिन्ता किसानमा बढेको हो।
गत्लाङका करिब ५०० घरधुरी व्यावसायिक तरकारी खेतीमा निर्भर छन्। अग्रज कृषक मार लामाका अनुसार अहिले बन्दागोभी बिक्रीका लागि तयार हुने क्रममा रहे पनि सडक सञ्चालनमा नआए किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)