चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्धार, ५ भारतीय पक्राउ
shilapatra.com · Tue Jun 16 13:25:00 GMT 2026

चितवनबाट अपहरणमा परेका एक बालकको काठमाडौंमा सकुशल उद्धार गरिएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो ।
प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । अपहरणमा संलग्न भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)