बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
ratopati.com · Fri Jun 05 11:38:14 GMT 2026

बाँके। किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन्।
कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४ दशमलव ३०० मेट्रिक टन, युरिया ५०७ दशमलव ५५० मेट्रिक टन र पोटास १०२ दशमलव ४०० मेट्रिक टन मौज्दात छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)