तीन कैदीबन्दी गुल्मीबाट पक्राउ
gorkhapatraonline.com · Tue Sep 08 12:51:30 GMT 2026

गुल्मी, भदौ २३ गते। जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न कारागार कार्यालयबाट भागेका तीन जना फरार कैदीबन्दीहरू गुल्मीका विभिन्न समय र स्थानबाट पक्राउ परेका छन्।
जेन्जी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका विभिन्न मुद्दाका प्रतिवादीहरूलाई प्रहरीले जिल्लाका विभिन्न समय र स्थानबाट नियन्त्रण लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)