बिग ब्यास लिग निजीकरण गर्दै क्रिकेट अस्ट्रेलिया
neplays.com · Tue Sep 08 12:59:00 GMT 2026
काठमाडौं : क्रिकेट अस्ट्रेलियाले आफ्नो प्रसिद्ध टी-२० प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) र महिला बिग ब्यास लिग (डब्लुबिबिएल)लाई निजी लगानीका लागि खुला गरेको छ । यद्यपि, आ-आफ्नो टोली (फ्रेन्चाइज) को शेयर कहिले र कसरी बिक्री गर्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार भने सम्बन्धित राज्य क्रिकेट संघहरूलाई नै दिइएको छ ।
क्रिकेट अस्ट्रेलियाले सुरुमा लिगका सबै टोलीहरू एकमुष्ट बिक्री गर्ने योजना बनाएको थियो । तर, न्यू साउथ वेल्स र क्वीन्सल्याण्ड राज्यले यसको विरोध गरेपछि बोर्डले 'स्वनिर्णयको मोडेल' अपनाएको हो । यस मोडेल अन्तर्गत प्रत्येक राज्यले आफ्नो समुदाय र क्लबका लागि उत्तम मार्ग पहिचान गरी निर्णय लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)