गोबरगाढाका बाढीपीडितलाई राहत वितरण
gorkhapatraonline.com · Tue Sep 08 12:58:26 GMT 2026

कोशी नदीको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढाका स्थानीयलाई नगरपालिकाले मंगलबार राहत सामग्री वितरण गरेको छ ।
नगरप्रमुख विरेन्द्र माझीले त्यहाँका एक सय एक परिवारलाई खाद्यान्न सहितको राहत सामग्री उपलब्ध गराउनु भएको हो । कोशीको भंगालोले चारैतिरबाट घेरिएको गोबरगाढा बस्तीमा पानी पसेपछि नगरपालिकाले यसअघि नै टापुको अग्लो स्थानमा टेन्ट सहितको अस्थायी बसोबासको व्यवस्था गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)