नेपालमा चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा
kendrabindu.com · Tue Sep 08 13:01:57 GMT 2026

काठमाडौं । भारतमा चिनीको मूल्य घट्न थालेपनि नेपालमा भने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन् ।
विराटनगरको सिमावर्ती जोगबनी बजारमा एक सय रुपैयाँ प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो १० रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको बेला विराटनगरमा भने चिनीको मूल्य एक सय २० रुपैयाँप्रति किलो रहेको छ । भारत सरकारले शुन्य भन्सार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मूल्य घट्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)